Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • निजामती कर्मचारीले सोच र तौर तरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल

    निजामती कर्मचारीले सोच र तौर तरिकामा सुधार गर्नुपर्नेछ : मुख्यसचिव अर्याल

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 618
    SHARES

    काठमाडौं । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामती कर्मचारी भित्रका सोच र तौर तरिकामा सुधार गर्नुपर्ने बताएका छन् ।

    शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् ।



    मुख्यसचिव अर्यालले एकात्मक ढाँचाको प्रशासन यन्त्रलाई संघीय शासन व्यवस्था अनुकूल हुनेगरी रूपान्तरण गर्न निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।



    उनले नागरिकले अपेक्षा गरेअनुरूप आफूलाई गतिशील र प्रभावकारी बनाइ कानुनको कार्यान्वयन, नागरिकमैत्री सेवाप्रवाह, सदाचार र निष्ठासहित २१ औँ शताब्दीको सार्वजनिक प्रशासनका आदर्श, मूल्यमान्यतामा आफूलाई खरो उतार्नुपर्ने चुनौती निजामती कर्मचारीसामु रहेको पनि बताए ।

    मुख्यसचिव अर्यालले मुलुकको प्रशासन यन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय इकाइबीच प्रशासनिक अन्तरसम्बन्ध कायम हुन कठिन भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार