Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • निजामती सेवामा गुणात्मक परिवर्तन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    निजामती सेवामा गुणात्मक परिवर्तन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवामा गुणात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्।

    निजामती सेवा दिवस, २०८० का अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई पनि रूपान्तरण गर्न आवश्यक रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्दछ।’

    अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    प्रधानमन्त्री प्रचण्डले निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारसहित राष्ट्रको मुहार फेर्ने अहिलेको अभियानमा निजामती कर्मचारीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहने विश्वास व्यक्त गरे।

    लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबार मात्रै मन्त्रिपरिषद् बैठकले संसद्‌मा पठाउने निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दलहरूको सहमतिबाट संसद्‌ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार