Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ६० किलो सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष सफर पक्राउ

    ६० किलो सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष सफर पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफलाई प्रहरीले पक्राउ गरेको हो ।

    त्रिभुवन विमानस्थलबाट बरामद ६० किलो सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनले सुन ओसारपसारमा भूमिका खेलेको खुलेको छ । पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ ।



    उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार