काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५३ जना प्रहरी नायब निरीक्षक (सई) हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह संचारतर्फका ५३ जना प्रहरी नायब निरीक्षकहरुलाई सरुवा गरेको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी असोज महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहिबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूचनाअनुसार आगामी असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो ।
Leave a Reply