काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि शोक बिदा दिएको छ ।
काठमाडौं महानगरपालिका १६ नम्बरका वडाध्यक्ष रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।
शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए ।
रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।
Leave a Reply