काठमाडौं । संसदीय समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएका हुन् ।
आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई संसदीय समितिको बैठकमा बोलाइएको थियो ।
तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ ।
Leave a Reply