Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जहाजलाई सघाउन जोमसोम-पोखरा र काठमाडौं-लुक्ला रुटमा मौसमी क्यामरा

काठमाडौं । दुर्गम भेगको स्टल उडान सुरक्षित बनाउने उद्देश्यसहित काठमाडौं–लुक्ला सेक्टर र जोमसोम–पोखरा रुटमा इन–रुट वेदर क्यामरा जडान गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी जानकारी गराउने इन–रुट वेदर क्यामरा जडान गरेको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच इन–रुट वेदर क्यामरा जडान गर्ने सम्झौता भएको थियो ।

सोलुखुम्बुस्थित फाप्लुको उत्तरतर्फ इन–रुट वेदर क्यामरा जडान गरिएको क्यानले जनाएको छ । सम्झौता बमोजिम आविष्कार केन्द्रले पोखरा–जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमसम्बन्धी जानकारी दिने क्यामरा जडान गरिसकेको छ ।

हिमाली भेगमा पर्ने काठमाडौं–लुक्ला, पोखरा–जोमसोमलगायतका हवाई रुट उडानका लागि जोखिमपूर्ण मानिन्छन्  । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार छिटै पश्चिमतर्फका नेपालगन्ज, सिमिकोट, डोल्पा, बाजुरा रुटमा जडान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077