Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बिहीबार बस्दैछ । प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ ।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने कार्य सूची छ ।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विज्ञ तथा सरोकारवालहरुसँग राय सुझाव संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077