Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • ललितानिवास जग्गा प्रकरण : प्रतिवादीतर्फको थुनछेक बहस जारी रहने

    ललितानिवास जग्गा प्रकरण : प्रतिवादीतर्फको थुनछेक बहस जारी रहने

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 777
    SHARES

    काठमाडौं । ललितानिवास जग्गा किर्ते मुद्दामा प्रतिवादीका तर्फबाट बहस आज पनि जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि थुनछेक बहस जारी छ ।

    ललितानिवास जग्गा किर्ते मुद्दामा पक्राउ परेका १८ जना थुनामा छन् । भदौ ११ देखि १५ गतेसम्म उनीहरूको बयान लिइएको थियो । त्यसपछि सरकारी वकिलले बहस सुरु गरेका थिए । सोमबारदेखि प्रतिवादीतर्फको बहस सुरु भएको थियो ।



    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ दिन लामो अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय काठमाडौंले भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो ।



    ललितानिवास जग्गा प्रकरणमा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार