Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नौबाट सुरु, पुजिए नौ हजार कन्या

    नौबाट सुरु, पुजिए नौ हजार कन्या

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 816
    SHARES

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।

    हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा एकैसाथ हजारौँ कन्या पूजा गर्ने परम्परा अनुसार बुधबार नौ हजार कन्या पुजिएका हुन् । यस पूजालाई सनातन कन्या पूजा सञ्चालक समितिले निरन्तरता दिइरहेको छ । यस वर्ष बुधबार नौ हजार कन्या पूजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सुरकृष्ण वैद्यले जानकारी दिए ।



    बुइँगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्तीभरि कन्यालाई राखेर पूजा गरिन थालिएको हो । बुधबार पूजा गरिएका कन्या काभ्रेपलाञ्चोक, भक्तपुर र सिन्धुपाल्चोकबाट ल्याइएका हुन् । पूजाका लागि सुरुमा स्थानीय भद्रभलादमीको उपस्थितिमा ३१७ रुपियाँ ५० पैसा जगेडा कोष स्थापना गरिएको अभिलेख पाइन्छ ।



    बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले यो प्रचलन सुरु गर्नुरेका हुन् । ३१७ रुपियाँबाट सुरु भएको अक्षयकोषमा यतिबेला १९ लाख रुपियाँ मौज्दात छ । भोलाखा टोलबाट सुरु भएको कन्या पूजाको इतिहास अहिले बनेपाकै पुलबजार, नाला, बुडोलसँगै शारदा बतासे, पनौती र दाप्चासम्म पनि फैलिएको छ । यस वर्ष पाँच स्थानबाट १५ हजारभन्दा धेरै कन्याको पूजा गरिएको आँकलन गरिएको छ । त्यसमध्ये बनेपामा मात्रै नौ हजार कन्या पुजिएका हुन् ।

    शिशुको भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने संस्कार झाँगिदै गएको समयमा हजारौँ कन्यालाई प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपा सहरमा पूजा गरेर छोरीको महत्वलाई बढावा दिएको बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले उल्लेख गरिन्। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार