Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा

काठमाडौं । खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुगेका छन् ।

सभापति देउवा केहीबेरअघि ट्रमा सेन्टर पुगेका हुन् । यादवमाथि काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए।

दर्शक दीर्घाको पहिलो लहरमा बसेर भाषण सुनेका नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले यादव भाषण गरेर बाहिर निस्कँदै गर्दा उनलाई पच्छ्याएर खुकुरी प्रहार गरेका थिए।कांग्रेस सहमहामन्त्री यादवलाई भेट्न पार्टीका नेता डा शेखर कोइराला यसअघि नै ट्रमा सेन्टर पुगेका छन् ।

यस्तै, यादवलाई भेट्न आनन्द ढुंगाना, उदयशमशेर राणा, शंकर भण्डारी, चित्रलेखा यादव, सरिता प्रसाईंलगायत कांग्रेस नेताहरू उपचारत ट्रमा सेन्टरमा पुगेका छन् । टाउकोमा चोट लागेका सहमहामन्त्री यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077