Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास हुने

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच नियमित रुपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको ४० औं संस्करण काठमाडौंमा हुने भएको छ ।

भदौ २४ देखि असोज १२ गतेसम्म सन्चालन हुने सैन्य अभ्यासमा नेपालबाट ३० जना सेना सहभागी हुनेछन् ।

चालिसौँ जोइन्ट कम्बाइन एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेल नाम रहेको यस संयुक्त सैन्य अभ्यास दौरान विपद व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायता लगायतमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।

यस्तै, बेलायतमा हुने प्रतिस्पर्धात्मक एक्सरसाइज क्याम्ब्रियन पेट्रोलका लागि नेपाली सेनाको टोली त्यहाँ प्रस्थान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077