Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • जापानका प्रधानमन्त्रीमाथि बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग

    जापानका प्रधानमन्त्रीमाथि बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 984
    SHARES

    एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ ।

    पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको हो ।



    यद्यपि उनीमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।



    पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो ।

    आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार