Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा

    एकदिवसीय विश्वकपका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ ।

    विश्वकपका लागि अस्ट्रेलियाले बुधबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो । यसअघि घोषणा गरिएको १८ सदस्यीय टोलीमा रहेका अलराउन्डर एरोन हार्डी, तीव्र गतिका बलर नाथन एलिस र युवा स्पिनर तनविर संघालाई अन्तिम टोलीबाट हटाइएको छ ।



    विश्वकपका लागि घोषित अन्तिम टोलीमा अनुभवी खेलाडीको बाहुल्य रहेको छ । टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मार्नस लाबुसचाग्नेलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छैन ।



    टोलीमा विकेटकिपरका रूपमा एलेक्स केरी र जस इनग्लिसलाई स्थान दिइएको छ । यद्यपि, पहिलो रोजाइको विकेटकिपरमा केरी नै रहेका छन् ।

    तीव्र गतिका बलर प्याट कुमिन्सको कप्तानीमा घोषित अस्ट्रेलियन टोलीमा स्टिभ स्मिथ, एलेक्स केरी, जस इनग्लिस, सिन एबोट, एस्टन अगार, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कुस स्टाइनिस, डेभिड वार्नर, एडम जाम्पा र मिचेल स्टार्क रहेका छन् ।

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ । विश्वकपमा सहभागी हुनुअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग पाँच खेलको एकदिवसीय शृङ्खला खेल्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार