Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

    विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ ।

    क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो । खेल नभएपछि दुवै टोलीले एक एक अंक पाएका छन् ।



    यसअघि समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल र युएईले समान ९ अंक जोडे । तर नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।



    अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् ।

    आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

    सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार