Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेल र चिनियाँ पोलिटब्यूरो जियाजुनबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटर्वार्ता भएको छ ।

चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटर्वार्ता भएको हो ।

भेटको क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनविचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताए । नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गरे ।

उनले भने, ‘चीन विरोधी गतिविधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’ चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) को निमन्त्रणामा उनीसहितको टोली चीन भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077