Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ, गरेका थिए नम्बर परिवर्तन !

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित चप्पलकारखानाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका–२ का ४५ वर्षीय दीपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका–२ का २८ वर्षीय सन्तोष घले रहेका छन् ।

गत जेठ २ गते काठमाडौंको मनमैजुबाट वाग्मती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका–१ झोरबाट वाग्मती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको मोटरसाइकल हराएको निवेदन परेको थियो ।

मोटरसाइकल खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा तामाङलाई र वाग्मती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखी चलाइरहेको अवस्थामा घलेलाई आज पक्राउ गरिएको हो ।

तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगञ्जमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077