काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वगोर्खा सैनिकले पाउनुपर्ने अधिकारबमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कूटनीतिक पहल गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सन् १९९७ भन्दा अगाडिका गोर्खा सैनिकलाई पनि वेतन र घाइतेहरुलाई अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोर्खा सैनिक परिवारले आन्दोलन गरिरहेको बताए ।
पूर्वगोर्खा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको उनले भनाई छ ।
Leave a Reply