Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२५ हजार घुससहित विद्युत प्राधिकरण ईनरुवाका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नेपाल विद्युत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यानलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीबाट खटिएको टोलीले २५ हजार रुपैयाँ घुससहित विर्जुकुमार महतोलाई पक्राउ गरेको हो ।

उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा खटिएको अख्तियार टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहाले बताए ।

उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको प्रवक्ता दाहालले बताए। घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077