Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • फोहोर व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    फोहोर व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरेका हुन् ।



    बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।



    बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने जानकारी गराए ।

    प्रधानमन्त्रीले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन शहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने जानकारी गराएका थिए । प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार