Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सोलार बत्ती जडानमा ५ लाख भ्रष्टाचार, गाउँपालिकाअध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनहिरुमाथि सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोप छ ।

सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा अख्तियारको टोलीले लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव पनि घुस लिने प्रयोजनमा संलग्न भएको भन्दै अख्तियारले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षकै मिलेमतो देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077