Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - नेपालले छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले छिमेकी देशहरूसँग सन्तुलन कायम राख्नु पर्ने बताएका छन् ।

निजामती कर्मचारी युनियनको स्थापना दिवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताए।

उनले एक देशले अर्को देशसँग साथी बनाउन सक्ने तर छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।

सभापति देउवाले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077