Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवालाई शेखरको प्रश्न - सरकारको नेतृत्व हामीहरूले लिन सक्ने हो कि होइन ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सम्झाउन आग्रह गरेका छन् ।

कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइएको भन्दै नेता कोइरालाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् । अहिलेको सरकारमा कांग्रेस पनि सहभागी रहेको उल्लेख गर्दै उनले मन्त्री हुनेभन्दा पनि प्रधानमन्त्री नै सर्वेसर्वा हुने बताए।

नेता कोइरालाले भने,‘हामी झन्डै ९० जना सांसद छौं। मन्त्रीहरू पनि छन्। तर सरकार हाम्रो हो कि होइन भन्ने महसुश भइरहेको छैन । जतिसुकै भने पनि संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो। सभापतिजीले त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरिरहनुभएकै हुन्छ। कुरा भइराखेकै होला । प्रधानमन्त्रीले भनेका कुरा मन्त्रीहरूले काट्न नमिल्ने। त्यसकारण नेतृत्व हामीहरूले लिन सक्ने हो कि होइन ?’

सरकारको नेतृत्व कांग्रेसले लिन सक्ने हो भने पार्टीको वर्चश्व हुने र जनतालाई पनि आश्वस्त पार्न सकिने उनले बताए। कर्मचारीहरू अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै नेता कोइरालाले सरकारले कर्मचारीहरूलाई खुसी राख्नुपर्ने बताए।

कर्मचारी जुनसुकै आस्थाका भएपनि उनीहरू देशको स्थायी सरकार भएको उनले जिकिर गरे। नेता कोइरालाले कांग्रेसमाथि अहिले चौतर्फी आलोचना भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077