Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्मचारीलाई कांग्रेस सभापति देउवाको निर्देशन - सरकारको कुरा मान्नु पर्छ नत्र गाह्रो पर्ला

काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताएका छन् ।

कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई राजनीतिक नेतृत्व रहने सरकारको निर्देशन नमाने गाह्रो पर्ने चेतावनी दिए।

सभापति देउवाले भने,'कर्मचारीले भोट कहाँ खाल्ने हो, हाले हुन्छ आफ्नो ठाउँमा। तर सरकारको कुरा त मान्नु पर्‍यो नि भोट एमालेलाई हाले हुन्छ, माअ‍ोवादीलाई हाले हुन्छ। तर सरकार हुन्जेल सरकारको कुरा मान्नुपर्ने हुन्छ । होइन भने गार्हो पर्छ। संसारभरिको लडाइँ हो कर्मचारी र सरकारको। तर यसलाई सन्तुलन मिलाएर लानुपर्छ। म भर्खर गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ। लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ।’

सभापति देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत बताए । सरकार ब्युरोक्रेसीबीच राम्रो सन्तुलन हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077