Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‌‌बाट स्वीकृत

    नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्‌‌बाट स्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । भारतको मन्त्रिपरिषद् बैठकबाट आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

    भारतको मन्त्रिपरिषद्‍ले नेपालबाट बिजुली किन्न उक्त प्रस्ताव स्वीकृत गरेको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन ।



    मंगलबार बिहान दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन् । उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको मुखमा भारतले उक्त महत्त्वपूर्ण निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार