काठमाडौं । नेकपा एकीकृत समाजवादीले मेची–महाकाली अभियान चलाउने भएको छ ।
सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउन समाजवादीले १५ दिने अभियान चलाउने भएको हो ।
मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको छ ।अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ ।
सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सचिवालय बैठकले माघ १४–१८ मा हुने महाधिवेशनको केही तालिका समेत तय गरेको छ ।
त्यसमा असोज ५ भित्र सबै कमिटीका बैठकहरू बसिसक्न निर्देशन दिने, तल्ला कमिटीका रेकर्डहरू पार्टी केन्द्रमा पठाउनुपर्ने, असोजभित्र दस्ताबेजहरू तयार गरिसक्नुपर्ने लगायतका तालिका तय गरेको छ।