Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम १ अर्बमा झर्‍यो

काठमाडौं । लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ ।

सोमबार सेयर बजार ७.०४ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो ।

१२ भदौमा १९९८.४८ विन्दुमा रहेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो । आइतबार १९६०.७८ बिन्दुमा झरेको नेप्से सोमबार भने सुधार भएको हो ।

सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९.५० पुगेको छ । यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य समेत बढेको छ ।

लिबर्टी इनर्जी कम्पनी, कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077