Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • पर्खालबाट हामफालेर कारागारका ‘भाइ-नाइके’ भागेपछि छानबिन समिति गठन

    पर्खालबाट हामफालेर कारागारका ‘भाइ-नाइके’ भागेपछि छानबिन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.9K
    SHARES

    फाइल फोटो

    बर्दिया । बर्दिया कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर कैदी भागेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ।

    बर्दिया कारागारका भाइ-नाइके ३० वर्षीय अजित बुढा क्षेत्री पर्खालबाट हामफालेर भागेको घटनामा छानबिन गर्न समिति बनाइएको हो।



    बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको छ ।



    समितिको सदस्यमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा रहेका छन् ।

    आइतबार बिहान साढे ३ बजे बर्दिया कारागारका भाइनाइके ठाकुरबाबा नगरपालिका–८ का ३० वर्षीय क्षेत्री पर्खालबाट हामफालेर भागेको थिए । कारागारबाट भागेका भाइ नाइके क्षेत्रीलाई प्रहरीले ११ महिना अघिमात्रै पक्राउ गरेको थियो।

    उनले २०७१ साल चैतमा ६९ वर्षीय छिमेकी जोरासिंह थापामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। पक्राउ परी अदालतमा उपस्थित गराउँदा उनी अदालतबाटै हतकडीसहित फरार भएका थिए। त्यस कसुरमा उनलाई ३० वर्ष जेल सजाय सुनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार