रुकुम पश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार खोलाले बगाउँदा मृत्य भएको हो ।
उनीहरु स्कुलबाट घर फकिँदा नाउला खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मनोजको शव १ सय ५० मिटर तल र भावनाको शव ८ सय मिटर तल फेला परेको बताइएको छ ।
Leave a Reply