Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला क्रिकेटमा आज नेपाल र कतार भिड्दै

    महिला क्रिकेटमा आज नेपाल र कतार भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान सवा ७ बजे मलेसियाको बांगीमा सुरु हुनेछ।

    आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ। लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तिनै खेलमा पराजित भएको छ ।



    आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो।



    नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ । युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार