Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • धान उत्पादन अवलोकन गर्न आरजु नेतृत्वमा ६ सांसद बंगलादेश जाने

    धान उत्पादन अवलोकन गर्न आरजु नेतृत्वमा ६ सांसद बंगलादेश जाने

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाको नेतृत्वमा समितिका ६ जना सांसद बंगलादेश जाने भएका छन् ।

    बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकन गर्न सचिवालयका १ कर्मचारी सहितको टोली असोजको दोश्रो साता बंगलादेश जाने भएको हो ।



    आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणमा जाने सांसदहरुको नाम छनौट गरेको छ ।



    सांसदहरु अमरबहादुर थापा, अनिशा नेपाली, विनिता कठायत, सुर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एकजना सांसद बंगलादेश भ्रमणमा जाने भएका छन् ।

    यस्तै समितिका उपसचिव शिवदत्त बरालपनि सो भ्रमणटोलीमा सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार