Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भाटभटेनीका संञ्चालक गुरुङलाई पक्राउ गरेर सरकारले गलत गर्र्‍यो : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङलाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पाण्डेले भने, ‘तपाईंले देख्नुभएको छ । ठूला व्यवसायीहरु कोही जेल गएर बसेका छन ? मुद्दा चलेर हिँड्छ । हाम्रो देशमा हेर्नुस् न मीनबहादुर गुरुङ जेलमा परेको छ । त्यो के पैसा लिएर भाग्छ मीनबहादुर ? सम्पत्ति बोकेर जान्छ ? २५/२६ वटा भाटभटेनी छ । त्यो भाटभटेनीको घर बोकेर भाग्छन् ? नेपालमा केही गर्छु भन्ने व्यवसायीलाई अपराधी गर्न हुँदैन ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले गुरुङले हिरासत बाहिर बसेर नै मुद्दा लड्न पाउनुपर्ने र अनुसन्धान पनि सोहीअनुसार हुनुपर्ने बताए ।

गुरुङलाई पक्राउ गरेको घटनाले व्यवसायी त्रासमा रहेको भन्दै उपाध्यक्ष पाण्डेले गुरुङलाई बाहिर नै राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए । गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077