Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • किसानको जिवनस्तर सुधार गर्न गाँजा खेती खुला गर्नुपर्छ : आरजु राणा

    किसानको जिवनस्तर सुधार गर्न गाँजा खेती खुला गर्नुपर्छ : आरजु राणा

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताएकी छन् ।

    सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएकी हुन् । सभापति देउवाले गाँजा खेती खुला गर्नका सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताइन् ।



    उनले यस आर्थिक वर्षका लागि औषधी लगायतको प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएको बताउँदै यसबारे आगामी दिनमा समितिमा छलफल गर्ने बताइन् ।



    आफूले भूमिसम्बन्धी बिज्ञसँग छलफल गर्दा नेपालमा १ लाख हेक्टर कृषियोग्य जमिन खाली रहेको थाहा पाएको बताउँदै सो जमिनको सदुपयोग गरेर किसानको जिवनस्तर सुधार गर्न सकिने सभापति देउवाको भनाई छ ।

    सभापति देउवाले गाँजा खेती गर्नका लागि अर्थ मन्त्रालयले बजेट छुट्याउने तर गृह मन्त्रालयका ब्यक्तिले गाँजा खेती खुला गर्नुहुँदैन भन्ने गरेको बताइन् । यसबारेमा पनि छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने उनले बताइन् ।

    नेपालको पश्चिम र सुदूरपश्चिम पहाडका कृषिमा आवद्ध जनताहरू गरिब रहेको बताउँदै उनीहरुको बारेमा सोच्नुपर्ने बताइन् । उनले नेपालको कार्वन व्यापारबारे आफूलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने उल्लेख गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार