Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर, छैटौं तहकी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जमा कार्यरत अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा प्रवेश गरेको अभियोगमा अख्तियारले छैटौं तहकी अधिकृत हीमकुमारी सुनार पुनविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भदौ १५ गते भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए । उनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कूल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकी थिइन् ।

सोही प्रमाणपत्रका आधारमा उनले राजपत्र अनङ्कित द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति समेत लिएको अख्तियारको दाबी छ ।​ उनीविरुद्ध कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077