Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आजबाट ‘हेलो सरकार’२४ सै घण्टा सञ्चालन, राति पनि गुनासो टिपाउन सकिने

    आजबाट ‘हेलो सरकार’२४ सै घण्टा सञ्चालन, राति पनि गुनासो टिपाउन सकिने

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार सिंहदरबारमा हेलो सरकारको २४ घण्टे सेवाको शुभारम्भ गरेका हुन् ।



    २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनतासँग प्रत्यक्ष सम्पर्कका लागि भनेर हेल्लो सरकार स्थापना भएको थियो।



    हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म मात्रै हेलो सरकारको सेवा सञ्चालनमा थियोहालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो ।

    जनताको तत्काल सम्बोधन गर्नुपर्ने गुनासो सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टिमले समेत काम गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले हेलो सरकारको कन्ट्रोल रुमको अवलोकन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार