Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – कुटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्छौं

    परराष्ट्रमन्त्री साउदले भने – कुटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्छौं

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    ओखलढुंगा । परराष्ट्रमन्त्री एनपी साउदले चीनसँग कुटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्ने बताएका छन् ।

    कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको सभाहलमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले कुटनीतिक संवाद र छलफलबाट नक्सा विवाद समाधान गर्न चाहेको बताए।



    परराष्ट्रमन्त्री साउदले भने,‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कुटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं । सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’

    नक्सा र सीमा विवाद कुटनीतिक वार्ताबाटै समाधान गरिने परराष्ट्रमन्त्री साउदको भनाई छ । चीनले हालै सार्वजनिक गरेको नक्साबारे यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको पनि उनले बताए।

    गत अगष्ट २८ मा चीनले नेपालको भू-भाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार