Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • भुटानले दियो नेपाललाई ४० रनको सामान्य लक्ष्य

    भुटानले दियो नेपाललाई ४० रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १७ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा भुटानले नेपाललाई जितका लागि ४० रनको सामान्य लक्ष्य दिएको छ ।

    पुरै २० ओभर ब्याटिङ गरेको भुटानले ८ विकेटको क्षतिमा ३९ रन मात्रै बनाएको हो । भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



    भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १/१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए । टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् ।



    यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १/१ विकेट लिए । नेपाल तेस्रो जितको खोजीमा रहेको छ ।

    नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार