Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टीले गरेका कामबारे जनतालाई बुझाउने छौँ : उपाध्यक्ष भुसाल

    पार्टीले गरेका कामबारे जनतालाई बुझाउने छौँ : उपाध्यक्ष भुसाल

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 966
    SHARES

    ललितपुर । नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छन्।

    ललितपुर उपमाहानगरपालिका– २२ बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर–घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताइन्।



    अरु समय भोट माग्न र भोट प्राप्त गरेपछि धन्यवाद दिन आएको र अबको तीनमहिने रुपान्तरण अभियानमा जनताको गुनासो र सुझाव सङ्कलन गर्न जनताको घर–घरमा माओवादी पुग्ने उनले बताइन्।



    उपाध्यक्ष भुसालले भनिन्, “भदौ १६ गतेदेखि सुरु भएको अभियान मङ्सिर १५ गते सकिएपछि जनताबाट प्राप्त भएका सुझाव र आलोचनालाई समीक्षा गरेर विधान सम्मेलन गर्नेछौँ। विधान सम्मेलनकोे तीन महिनापछि महाधिवेशनद्वारा नीति र विचारमा नयाँ विकास गरेर पार्टीलाई देशको सबैभन्दा अग्रगामी र सबैभन्दा क्रान्तिकारी शक्ति निर्माण गर्नेछौँ।”

    जनता र माओवादीको सम्बन्ध नङ र मासुको जस्तै हुँदा माओवादी बलियो हुने र माओवादी बलियो हुँदा परिवर्तनको एजेन्डा रक्षा हुने भएकाले जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको उनले बताइन्। जनताको नयाँ आलोचना र नयाँ सुझावले माओवादी केन्द्र नयाँ ढङ्गले अगाडि बढ्नेसमेत उनले बताइन्।

    सरसफाइबाट सुरु भयो अभियान

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माओवादी केन्द्रले सरसफाइ गरेर उद्घाटन गरेको छ। ललितपुर महानगरपालिका–१८ मङ्गरगाउँ चोक र ललितपुर महानगरपालिका–२२ बुङ्मती बसपार्कमा सरसफाइ गरी माओवादी केन्द्रले अभियान सुरु गरेको छ।

    त्यसैगरी वडा नं २ सानेपालगायत ललितपुरका अन्य वडामा पनि आज एकैसाथ सरसफाइसहित अभियानको सुरु गरेको छ। जनताको घर–घरमा माओवादीका नेता तथा कार्यकर्ता पुगेर जनताको समस्या, सुझाव र आलोचना सङ्कलन गर्नेछन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार