Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सुन प्रकरणमा दोषी भए पूर्वसभामुख महरामाथि पनि कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

    सुन प्रकरणमा दोषी भए पूर्वसभामुख महरामाथि पनि कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा संलग्न भए सरकारले नछाड्ने बताएका छन् ।

    शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । माओवादी भएकै कारण उनलाई नछाड्ने गृहमन्त्री श्रेष्ठले बताए।



    गृहमन्त्री श्रेष्ठले भने,‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन । माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’



    माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शंका गरेको पाइएको भन्दै उनले जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे ।

    उनले शान्ति प्रकियामा आएपछि माओवादी पनि बिग्रिएको स्वीकार गर्दै अब अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द हुँदै पार्टीलाई रूपान्तरण गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार