Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले लिए रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गराएका खड्काको स्वास्थ्य स्थितिबारे जानकारी लिन देउवा शनिवार बिहान अस्पताल पुगेका हुन् ।

अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा.भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।

सभापति देउवाले कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077