Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाले गौर घटनाबारे विचार गोष्ठी गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

केही व्यक्तिहरूले गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो ।

दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरूले सम्बोधन गर्ने छन् ।

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ ।

जसपा नेपाल गौर घटनाको विषयलाई लिएर निकै गम्भीर देखिएको छ । सरकारले गौर घटनाको बारेमा फाइल खोलेपछि आत्तिएको जसपाले सरकारमाथि दबाब बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077