Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • वर्तमान सरकारले इतिहासकै उत्कृष्ट काम गरेको प्रचण्डको दाबी

    वर्तमान सरकारले इतिहासकै उत्कृष्ट काम गरेको प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 894
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका दाबी गरेका छन् ।

    ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको शुभारम्भ पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको बताए ।



    जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दावी गरे ।

    जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा,शहीदहरुको नाम राजपत्रमा प्रकाशन,लडाकुहरुलाई राहत दिने निर्णयले माओवादी आन्दोलनको सम्मान गरेको प्रधानमन्त्री प्रचण्डको दाबी छ।

    प्रधानमन्त्री प्रचण्डले सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट अवरोध सिर्जना भएको र लोकप्रिय कामको प्रभाव जनतामा पर्न नदिन षड्यन्त्र भइरहेकाले यो अभियानले त्यसलाई चिर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार