Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिव पोखरेलसहितको टोली आज चीन जाँदै

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली सद्भावना भ्रमणका लागि शनिबार चीन प्रस्थान गर्दैछ ।

चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ। यस क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077