Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा एकै खेलमा सावित्राले गरिन् चार गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले एकै खेलमा चार गोल गरेकी छिन् ।

इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको हो ।

यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् । उनी प्लेअर अफ म्याच पनि बनिन् । सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो महिला खेलाडीका रुपमा गएको महिना इजरायल गएकी थिइन् ।

उनले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077