पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोजिएको बताएका छन् ।
शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न साम्राज्यवादी शक्तिहरू लागिपरेको बताएका हुन्।
नेता खनालले कम्युनिष्ट आन्दोलन खतम पार्न साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू ग्राण्ड डिजाइनका साथ अघि बढिरहेको बताए।
नेता खनालले भने,'२०८४ को निर्वाचनमा साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरूले आफ्ना दलालहरूलाई बहुमतको रुपमा उभ्याउने एउटा ग्राण्ड डिजाइनका साथ अघि बढिरहेका छन् । उनीहरू कम्युनिष्ट आन्दोलनमा कुनै हिस्सालाई आफ्नो मित्र बनाएर राख्ने । उनीहरूलाई सहुलीयत दिने। सुविधान दिने । र, अर्को हिस्सालाई ध्वस्त गर्ने । अन्तिममा सबैलाई सखाप पार्ने रणनीतिमा उनीहरू चलिरहेका छन्।'
नेता खनालले २०८४ को निर्वाचनमा साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू आफ्ना दलालहरूलाई बहुमत दिन लागिपरेको आरोप समेत लगाए।
उनले कम्युनिष्टहरूलाई सिध्याउने खेल भइरहेकाले सबै कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेको बताए। एकताका लागि सही वैचारिक राजनीतिक कार्यदिशा नीति र सिद्धान्त आधार हुनुपर्ने उनको भनाइ छ।