Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको प्रचण्डको दाबी

    ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.3K
    SHARES

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् ।

    शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणामा नेपाल निर्दोष सावित भएको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष सावित भएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो, बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो । त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार