Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेट

    परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेट

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 981
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।

    परराष्ट्रमन्त्री साउद र सिनेटर होलेनबीच परराष्ट्रमन्त्रालयमा भेट भएको हो । भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।



    अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन आज काठमाडौं आइपुगेका हुन् ।



    उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार