Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी प्रवक्ता सापकोटाले भने - सत्ता गठबन्धनका दलहरूबीच कुनै खटपट छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनका दलहरूबीच कुनै खटपट नभएको बताएका छन् ।

शुक्रबार पार्टी कार्याालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले यस्तो दाबी गरेका हुन् ।  प्रवक्ता सापकोटाले नेपाली कांग्रेससँग कुनै पनि समस्या नरहेको दाबी गरे।

प्रवक्ता सापकोटाले भने ‘मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या छैन र आउँदैन पनि । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन।’

उनले सत्ता साझेदार दल नेपाली कांग्रेससहित एकीकृत समाजवादी र अन्य दलहरूसँग पनि कुनै खटपट नभएको दाबी गरे। केही दिनअघि नेपाली कांग्रेसका नेता र प्रधानमन्त्री प्रचण्डले नै पनि एकअर्कााप्रतिको असन्तुष्टि सार्वजनिक गरेका थिए।

तर गठबन्धनमा कुनै समस्या नभएको र भाबी दिनमा पनि नआउने उनको भनाइ छ। प्रवक्ता सापकोटाले कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठक र केही दिनअघि बसेको संसदीय दलको बैठकले पनि गठबन्धन दृढ रहने निर्णय गरेकाले पनि त्यस्तो आफूलाई नलागेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077