Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठ र बेलायती राजदूत फेनबीच भेटवार्ता

    गृहमन्त्री श्रेष्ठ र बेलायती राजदूत फेनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

    शुक्रबार गृहमन्त्री श्रेष्ठ र बेलायती राजदूत फेनबीच सिंहदरबारस्थित मन्त्रायमा शिष्टाचार भेट भएको हो ।



    भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य विस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ । भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो ।



    राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबिचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताएका थिए ।

    बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्‍भाव रहेको र उक्त सद्‍भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।

    उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार