Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रले जुममार्फत ‘जनतासँग विशेष अभियान' उद्घाटन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’अभियान शनिवार भर्चुअलमार्फत उद्घाटन गर्ने भएको छ ।

जनतासँग विशेष अभियान ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । प्रवक्ता सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ उद्घाटन गर्ने बताए।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए ।

सबै वडाको उद्घाटन गरे पनि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने प्रवक्ता सापकोटाले बताए ।

प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077